काठमाण्डौ जेष्ठ १३ गते । रातो तारा डट कम,नेक्रवित्रम चन्द विप्लव नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव कम गर्न देशैभर सुरक्षा अवस्था सरकारले कडा बनाइएकोछ । उक्त समूहले हिजो राजधानी काठमाडौंका विभिन्न स्थानमा गराएको विस्फोटमा परि ४ जनाको मृत्यु भएको थियो । घटनामा ७ जना घाइते भएका छन् । घटनामा विपल्व समूहको संलग्नता रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी गराएकोछ ।
नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले सीआईएनसँगको कुराकानीमा समूहले आज घोषणा गरेको बन्दलाई सफल बनाउन विभिन्न स्थानमा विस्फोट गराएको पाइएको बताउनुभयो । उहाँका अनुसार मृत्यु हुने र घाइते हुनेमा समूहकै कार्यकर्ता पनि रहेकाछन् ।
प्रवक्ता पोखरेलले बम विस्फोट भएका स्थानमा विप्लब समूहको पर्चा पम्प्लेट समेत भेटेको, घाइते र प्रत्यक्षदर्शीको बयानबाट पनि उनीहरु विप्लवकै कार्यकर्ता भएको पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता पोखरेलले बम विस्फोट भएका स्थानमा विप्लब समूहको पर्चा पम्प्लेट समेत भेटेको, घाइते र प्रत्यक्षदर्शीको बयानबाट पनि उनीहरु विप्लवकै कार्यकर्ता भएको पुष्टि भएको जानकारी दिनुभयो ।
प्रहरीले विस्फोटक पदार्थसहित चन्द समूहका ७ जनालाई कोटेश्वरको नरेफाँटबाट पक्राउ गरेको जानकारी गराएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी गोविन्द काफ्लेले नरेफाँटस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट चारवटा प्रेसरकुकर, बन्द आह्वान गरिएको पम्प्लेट र बाँसको भाटा फेला परेको उहाँले जानकारी दिनुभयो ।
आज बिहानै देखि काठमाण्डौका बिभिन्न ठाउ, पोखरा, महेन्द्र राजमार्गका बिभिन्न ठाउ, हेटौडा, सप्तरी, धरान तररा, सुन्दर हरैचाको हाइवे,बिराटनगरमा बंम भेटिएक थिए । पुर्वमा धन जनको क्षति नभए पनि आज देशका धेरै ठाउमा धन जनको क्षति भएका समचार प्राप्त भएका छन । देशै भरीको बंम आंतकले गर्दा आज धेरै ठाउमा सडक यातायतका साधाहरु चलेका छैनन् ।
Post a Comment