श्याम राई-गाईघाट,जेष्ठ १२ गते । रातो तारा डट कम, उदयपुरको रौतामाई गाउँपालिकाले आयोजना गरेको २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ३५ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।
रौतामाई गाउँपालिका वडानं २ भुट्टारस्थित रसुवा माध्यमिक बिद्यालय परिसरमा सञ्चालित शिविरमा १ सय ३५ रोगीलाई थप उपचारका लागि रेफर गरिएको छ ।
शिबिरमा स्त्री तथा प्रसुति सेवा, हाडजोर्नी तथा नसा, जनरल मेडिसिन, जनरल सर्जरी, रेडियोलोजी तथा ल्याव टेष्ट सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताएका छन् ।
शिविरमा पाठेघर खस्ने रोगीको स्क्रीनिङ, रिङपेशरी तथा भीआइए सम्बन्धी जाँच गराईएको थियो । साथै सबैखाले साधारण चेकजाँच, परामर्श तथा औषधि वितरण भएको थियो ।
नेपाली काँग्रेसका पुर्वसभापति गिरिजाप्रसाद कोईराला फाउण्डेसन उदयपुरको समन्वय र बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा रौतामाई, लिम्चुङबुङ, ताप्लि गाउँपालिकाभित्र रहेका दुर्गम गाउँवस्तिका सर्बसाधारणले स्वास्थ्य जाँच गराएका थिए ।
गाउँपालिका अध्यक्ष खड्काका अनुसार शिविरमा महिला चिकित्सक तथा कर्मचारीको व्यवस्था मिलाइएकाले महिलाहरुले उत्साहजनकढंगले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा अधिकांश महिलाले पाठेघरको समस्या बारे चेकजाँच गराएको गाउँपालिकाका उपाध्यक्ष कुमारी ज्यु ठकुरीले बताईन् ।
जनचेतना,आर्थिक लगायतका कारणले स्वास्थ्यको पहुँचबाट टाढा रहेका गाउँपालिकाबासीलाई गाउँघरमै सुविधा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको उपाध्यक्ष ठकुरीलेबताईन्
Post a Comment