काठमाण्डौ जेष्ठ २ गते । रातो तारा डट कम,अलिख नेपाल फुटबल संघ एन्फाले पुन कार्यसमितिको बैठक बोलाएको छ । फिफा कंग्रेस लगायतका बिषयमा छलफल गर्न भन्दै एन्फाले जेठ १७ गते कार्यसमिति बैठक बोलाएको हो । वरिष्ठ उपाध्यक्ष सहित एजेण्डामा छलफल गर्न गएको मंगलबार कार्यसमिति बैठक बसालेको एन्फाले एक दिन नबित्दै पुन नयाँ एजेण्डा सहित कार्यसमितिको बैठक आह्वान गरेको छ । यस पटक एन्फाले १७ दिन समय राख्दै कार्यसमिति बैठक आह्वान गरेको हो । गएको मंगलबारको बैठक विधान सम्मत नभएको कारण देखाउँदै उपाध्यक्ष वीरबहादुर खड्का सहित तीन कार्यसमिति सदस्यले एन्फा वहिष्कार गरेका थिए ।
Post a Comment