Websoft University

त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो


काठमाण्ठौ जेष्ठ ५ गते । रातो तारा डट कम, पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारस्थित त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । पाँचजनाको घटनास्थलमा र चारजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो । मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य, काठमाडौँ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीया सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय बिशाल गिरी रहेका छन् । मृत्यु भएका अन्य ५ जनाको सनाखत हुन सकेको छैन । झापाको काकडभिट्टाबाट काठमाडौँ जाँदै गरेकोे ना ७ ख ४३८७ नम्बरको बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.