काठामाण्डौ जेष्ठ १० गते । रातो तारा डट कम,तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि नेपाल पुलिस क्लवले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । ९ गते गरेको घोषणा टोलीमा राष्ट्रिय टोलीबाट खेलि सकेका दिपेन्द्र सिंह ऐरी, सुनिल धमला, दिलिप नाथ लगायतका खेलाडीको बाहुल्यता रहेको छ ।
पछिल्लो समय नेपाल एपीएफ क्लबबाट खेलेका राष्ट्रिय खेलाडी अनिल शाह र पवन सर्राफ पुलिसबाट खेल्ने भएका छन् । प्रतियोगिता भोलीदेखि जेठ २५ सम्म मुलपानी र टियु क्रिकेट मैदान कीर्तिपुरमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सूदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।
नेपाल पुलिसले पहिलो खेल भोली नै उद्धघाटन खेलमा प्रदेश १ सँग मुलपानीमा प्रतिस्पर्धा गर्ने छ । जेठ १४ मा मुलपानीमै पुलिसले कर्णालीसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै जेठ १५ मा प्रदेश २ र जेठ १८ मा त्रिभुवन आर्मीसँग खेल्ने कार्यतालिका रहेको छ ।
Post a Comment