Websoft University

स्थानिय तह साझा सरोकार मञ्ज मोरङ्गको बैठक सम्पन्न


शिव भट्टराई मोरङ जेठ १२ गते । रातो तारा डट कम,
स्थानिय तह साझा सरोकार मञ्ज मोरङ्गको बैठक आइतवार सम्पन्न  भएको छ । मोरङ्ग जिल्लाका १७ वाट स्थानियतह एकै ठाँउमा भेला भएर आफ्ना साझा सरोकार का बिषयहरुमा छलफल गरेका हुन । बैठकमा आर्थिक बर्ष २०७६/०७७ सालको बजेट, फोहोर महिला व्यवस्थापन, दोहोरो कर प्रणालि लगाएतका बिषयमा छलफल भएको थियो ।

स्थानिय साझा सरोकार मञ्ज मोरङ्गका सचिव तथा सुन्दरहरैँचा नगरपालिका मेयर शिव प्रसाद ढकालले प्रदेश सरकारले संबिधान को मर्म र भावना बिपरति नगरपालिका तथा गाँउपालिकाहरुलाई बाइपास गरेर केही व्यक्तिको सिफरीसको भरमा साना योजना कार्यान्वयन गरेको भन्दै यसको बिरोध गर्ने बताए ।

बैठकमा स्थानिय सरकारका साझा अधिकार क्षेत्रमा पर्नेमा बिषयलाई कसरि व्यवस्थापन गर्ने भन्ने बियमा पनि छलफल भएको थियो । बैठकमा मोरङ्ग जिल्लाका १७ वटा स्थानिय तहका मेयर, उप मेयर गाँउपालिका अध्यक्ष उपाध्यकक्ष तथा प्रमुख प्रसासकिय अधिकृतहरु उपस्थित भएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.