बिराटनगर. बैशाख १८ गते । रातो तारा डट कम, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ र मोरङ शाखाले आज २६ओैं बिश्व प्रेस स्वतन्त्रता दिवस मनाएकोछ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर १ का महाँसंघ अध्यक्ष बिक्रम लुइटेलले आफना कुराहरु राख्नु हुदै,अहिले पत्रकारहरु पनि सुरक्षित नभएका र सरकारले बनाएका पाँच बिधेक का केहि बुँदाहरुले पत्रकारीता क्षेत्रलाई असजिलो बनाउदै लगेकाले त्यस्ता बुँधाहरुको खारेजीको माग गर्दै आएकोछ भन्नु भयो ।
यही २० र २१ गते महाँसंघ काठमाण्डौले मिडिया सम्मेलन हुदैछ उक्त कार्यक्रमको सफलता आजको कार्यक्रमको सफताको शुभ कामनाछ र आज मे १ ता का दिन मजदुर दिवस भए पनि पत्रकारहरुले पनि यसरीनै ७ तै प्रदेशमा यो दिवस मनाइरहेको बताउनु भयो ।
मोरङका पुर्व सभापति बिक्रम निरौला,प्रेस चौतारीका रामचन्द्र अधिकारी,पत्रकार श्याम सुन्दर सुतियार,बिबेक गौतम,मुकेस यादव,समेतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Post a Comment