Websoft University

मिसावट तौल कम भएका बस्तु बढी मुल्य तिरेर खाइरहेका जनताका लागि खाद्य स्वच्छता दिवस के काम


काठमाण्डौ जेष्ठ ७ गते । रातो तारा डट कम,सरकारले यस वर्षपनि राष्ट्रिय खाद्य स्वच्छता दिवस एक महिनासम्म मनाउने भएको छ । यता नेपाली उपभोक्ताहरु भने बजारमा आएका दैनिक उपभोग्य बस्तु हरेकमा मिसावट तौल कमि जस्ता कुराले पिरोलिरेका छन ।

सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गएको वर्षबाट महिनाभरी दिवस मनाउने प्रणालीलाई निरन्तरता दिंदै यसवर्ष पनि जेठ महिनाभरी दिवस मनाउने बताएकोछ ।

जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न, खाद्य पदार्थमा कुनै गलत मिसावट रोक्न वा खाद्य पदार्थ सम्बन्धी बनेको विभिन्न ऐन कानुनको बारेमा जनचेतना बढाउने उद्देश्यले महिनाभर दिवस मनाउन लागिएकोे विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले जानकारी दिनुभयो । दिवस देशभर व्यापक रूपमा मनाउने उहाँको भनाइ छ ।

‘खाद्या पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ मुलुकभर खाद्य गुणस्तर कायम गर्न यो एघारौं खाद्य दिवस मनाउन विभागले राम्रो भए पनि मिसावट तौल कम भएका बस्तु बढी मुल्य तिरेर खाइरहेका जनता र उपभोक्ताहरुले भने आपति जनाएका छन ।

                   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.