काठमाण्डौ जेष्ठ ११ गते । रातो तारा डट कम,कमलामाई नगरपालिका सिन्धुलीले नगरभित्रका खरका छाना हटाएर जस्तापाताले छाईदिने भएको छ । नगरले घरको तथ्याङक संकलन गरिसकेर घरलाई जस्तापाताले छाउन थालेको हो । खरले छाएको घरमा वर्षेनी हुने गरेको आगालागी न्युनिकरण गर्ने उद्देश्यले विपन्न परिवारका २ सय २० परिवारको घर जस्तापाताले छाउन लागिएको सामाजिक शाखाका नायव सुब्बा बबिन्द्रलाल माझीले जानकारी दिनुभयो । खरको छानो हटाएर जस्तापाताले छाउनका लागी घरको आकार अनुसार २२.५ फिट लम्बाई र १३.५ फिट चौडाई भएकोे ८ सय ४५ बण्डल, १८ फिट लम्बाई र १३.५ फिट चौडाई भएको १ सय ७४ बण्डल, १९.५ फिट लम्बाई र १०.५ फिट चौडाई भएको ८८ बण्डल गरी जम्मा १ हजार १ सय ७ बण्डल जस्तापाता आवश्यक पर्ने सर्भे पछि तथ्याङ्क आएको छ । एक बण्डलको ९ हजार ५ सयका दरले १ हजार १ सय ७ बण्डल जस्तापाताका लागि १ करोड ५ लाख १६ हजार ५ सय रुपैंया खर्च हुने नगरपालिकाले जनाएको छ ।
Post a Comment