Websoft University

पिउने पानीमा ‘कोलिफर्म’ भेटियो



काठमाण्डौ जेष्ठ ३  गते । रातो तारा डट कम,डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका विभिन्न योजनाको खानेपानीमा दिसामा हुने किटाणु (कोलिफर्म) भेटिएको छ । नगरपालिकाभित्र रहेका १० खानेपानी आयोजनाबाट धारामा आउने अधिकांश ठाउँको पानीमा ‘कोलिफर्म’को मात्रा भेटिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको हो । वडा नम्बर १० मा रहेको स्याउले खानेपानी योजनामा मात्रै एक सय युनिट माथि र मुसे खानेपानी योजनाको पानी ८२ युनिट कोलिर्फम रहेको पाइएको हो । त्यस्तै ढाँडखोला मूलमा ८१ युनिट, स्याउले खानेपानी योजनामा ७२ युनिट, र सहश्रलिङ्ग खानेपानी योजनामा ५५ युनिट कोलिर्फमको मात्र भेटिएको खानेपानी विभागद्वारा संचालित प्रदेशस्तरीय संघीय खानेपानी प्रयोगशाला धनगढीका केमिस्ट अधिकृत कृष्णप्रशाद पौडेलले जानकारी दिनुभयो । यस्तो पानी सिधैं पिउन अयोग्य हुने पानीको गुणस्तर परिक्षण रिर्पाटले देखाएको नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले बताउनुभयो । यो मात्रा १ सय मिलिलिटर पानी परीक्षण गर्दा भेटिएको हो । मुहानमा लामो समयसम्म पनि सरसफाइ नहुँदा दिसामा हुने किटाणु ‘कोलिफर्म’ पानीमा फेला परेको स्वास्थ्यकर्मीको जनाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.