Websoft University

मुस्ताङमा नूनखानी व्यवसायिक रुपमा सञ्चालन गर्न नसकिने


काठमाण्डौ जेष्ठ ११ गते । रातो तारा डट कम,मुस्ताङमा रहेका प्राचिन नून खानीको संभाव्यता र अध्ययनको सरकारले खोजि गरेको छ । बारागाउँ मुक्तिक्षेत्र गाउँपालिकामा रहेको नूनखानी सञ्चालन गर्ने संभावना न्यून रहेको भूगर्वविदको टोलीले निष्कर्ष निकालेको हो । सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले नूनखानी व्यवसायिक रुपमा सञ्चालन गर्न नसकिने भूगर्वविद्ले जानकारी दिएको बताउनुभयो । खानी बिभागका वरिष्ठ भुगर्वबिद धर्मराज खड्का र अर्को भुगर्वबिद नरेश महर्जनको नेतृत्वमा अध्ययन गरिएकोहो । गौतमका अनुसार चट्टानबाट बग्ने नुिनलो पानी बग्ने गरेको र उक्त पानीको स्रोत विस्तारै सुक्दै गएकाले नूनखानी व्यवसायिक रुपमा सञ्चालन गर्न नसकिने टोलीले निष्कर्ष निकालेको जानकारी दिनुभयो । भूगर्भबिद धर्मराज खड्काले सरकारले नुन खानी उत्पादन मापदण्ड हेरेर खानी संम्भावना भएमा नीजि कम्पनीलाई आह्वान गर्न सक्ने जनाउनुभयो । उहाँले मुस्ताङमा अध्ययन गरिएको बिस्तृत प्रतिबेदन खानी बिभागमा बुझाईने र यसबारे खानी बिभागलेनै निर्णय गर्न सक्ने बताउनुभयो । तेताङमा रहेको नुन खानी बाट पाँच दशक अघिसम्म ८० देखि ९० मुरी सम्म नुन उत्पादन हुने गरेको पाकापुस्ताहरु बताउँ
छन् । बिगतमा स्थानीयले सानो÷सानो चट्टानहरुबाट बगेर आउने नुनिलो पानी संकलन गरेर सुकाउने र नुन बनाउने गरेका थिए । अहिले नुनको गुण र परिणाम न्युन देखिएको खड्काले जानकारी दिनुभयोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.