विराटनगर,जेष्ठ ८ गते । रातो तारा डट कम,बिमानस्थल सुरक्षा गार्ड लुक्ला सोलुखुम्बुमा कार्यरत प्रहरी जवानद्वय शिव कुमार तामाङ र भोजराज ढकाल वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी ९द्यभ्क्त् एइीक्ष्ऋभ् इँ त्ज्भ् (इल्त्ज्) घोषित भएका
छन् ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
विभागीय मूल्य,मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कर्तव्यपथमा तल्लीन रही कार्य सम्पादन गर्ने क्रममा जिल्ला सोलुखुम्बु खुम्बु(पासाङल्हामु गाउँपालिका वडा नं. २ लुक्ला स्थित विमानस्थलमा मिति २०७६-०१-०१ गते अन्दाजी बिहान ९-१० बजेको समयमा यात्रुवाहकसमिट एयरको हवाईजहाज दुर्घटना हुँदा उक्त घटनास्थलमा कर्तव्य पालनाको सिलसिलामा आफ्नो जिउ ज्यानको पर्वाह नगरी अति जोखिमपूर्ण अवस्थामा अटुटर अनवरत रुपमा कर्तव्यनिष्ठ तवरले बहादुरी तथा उच्च मनोवलका साथ घाईतेलाई उद्धार तथा उपलब्ध साधन श्रोतको उच्चतम प्रयोग गरी थप क्षति हुन नदिन पूर्ण व्यवसायिक एवं शव संकलन गर्ने कार्यमा खटिई देश र नागरिक समक्ष नेपाल प्रहरीको छवि उच्च बनाउनुको साथै प्रशंसनिय कार्य गरेकोले जवानद्वय तामाङ र ढकाललाई निजहरुले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।
Post a Comment