Websoft University

एसओएस हर्मन माइनर विद्यालयले मनायो २६औं अभिभावक दिवस




शिव भट्टराई सुनसरी जेठ १० गते । रातो तारा डट कम,
इटहरीमा रहेको एसओएस हर्मन माइनर विद्यालयको २६ औं अभिभावक दिवस विभिन्न संस्कृतिक कार्यक्रम गर्दै सम्पन्न भएको छ।कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने एसओएस वालग्राम इटहरीका योजना निर्देशक देव चरण चौधरीको अध्यक्षता रहेको थियो।

त्यसैगरी सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद उप्रेती , इटहरी उपमहानगरपालिकाका युवा  खेलकूद तथा शिक्षा महासाखा प्रमुख   आविका शाह लगायत बिशेष अतिथि रहनु भएको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथिले विभिन्न परिस्थितिमा आफ्ना बाबू आमा गुमाएका अनाथ बालबालिकाहरुलाई आश्रय दिने,पालन पोषण गर्ने , राम्रो शिक्षा दिक्षा दिने उद्धेश्यका साथ संचालन भएको यस विद्यालय प्रदेश नं १ को गहना हो र विद्यालयलाई कुनैपनि किसिमबाट अप्ठ्यारोमा पर्न दिनु हुँदैन र यसका लागि इटहरी उपमहानगरपालिकाको साथ र सहयोग रहने बताउनु भयो।त्यसैगरी विशेष अतिथि प्रेम प्रसाद उप्रेतीले आफु यस विद्यालयमा माता तीर्थ औंशिको दिन पहिलो पटक आएको र परिवार गुमाएका बालबालिका सँग भेट गरेको मर्मस्पर्शी भावना व्यक्त गर्नु भएको थियो।

उक्त कार्यक्रममा शिक्षा , संस्कृति , कला , खेलकूद र सामाजिक आचरण अन्तर्गत उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण र उत्कृष्ट शिक्षकको रूपमा श्री धर कट्टेल र सनिराम चौधरीलाई दोसल्ला ओढ़ाई प्रशंसा पत्र प्रदान गरिएको थियो त्यसैगरी उत्कृष्ट कर्मचारीको रूपमा देवसरी चौधरीलाई सम्मान गरिएको थियो।

विद्यालयले सोहि अवसरमा २०७६को मिस्टर एण्ड मिस एसओएस किड पनि घोषणा गरेको थियो।जसअनुसार आयुष फुयल मिस्टर र आरोही सुवेदी मिस एसओएस किड छनौट भएका थिए।सोही कार्यक्रममा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुले इलेक्ट्रोनिक भोटिंग मेसिन तयार गरी प्रस्तुत गरेका थिए।

कार्यक्रममा सोहि विद्यालयका प्रमुख सान्तिराम तिमसिनाले विद्यालयको शैक्षिक गतिविधि , आर्थिक विवरण साथै आगामी योजनाको प्रस्तुत गर्नुभएको थियो भने यस विद्यालयका शिक्षक हरी नारायण तिमसिनाले कार्यक्रम संचालन गर्नुभएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.