बिराटनगर जेष्ठ ११ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका वडानम्वर ११ नेपाल बजार पछाडि कृष्ण हरी पोखरेलको घर छेउबाट दखिन तिर जाने बाटोको नाला निमार्ण कार्य रोकिएको छ र नालाको वाल भत्काइएकोछ ।
वडा नम्बर ११ का वडा अध्यक्ष तिथेन्द्र न्पौपाने,टोल, संगठनका सचिव ध्रुव कोइराला, पत्रकार टोल संगठनका सदस्यहरु समेतको टोलिले बनाइरहेको नाला आज निरिक्षण गर्दा सप्तकोशी भन्ने सिमेन्ट प्रयोग गरी माटो भएको बालुमा १ सिमेन्ट १६ बालु लगाएर बनाएको मसलाबाट बनेको नालाको पर्खाल सिमेन्टको मात्र नभई बालुवाले मात्र बढी पाए पछि काम रोकि टोलिले भत्काउन लगाएको थियो ।
ठेकेदार कम्पनी, आसिक कंन्ट्रकशनको काम पेटी कनट्याकमा लिने अवुल खानले यसरी गलत काम गरेको पाए पछि वडा अध्यक्ष सहितको टोलिले काम रोकेको थियो ।
बोटोको मुखैमा घर नभत्काई घर घुमाएर नाला बनाएकाएकोछ, त्यसैको नाला बनाउदा अलि तल नक्कली शप्तकोशी सिमेन्ट प्रयोग गरेर बनाएको भन्दै टोलवासीले उक्त सिमेन्ट प्रयोग गरेर बनाइएको निमार्ण कमजोर हुने भएकाले शप्तकोशी सिमेन्ट प्रयोग नगर्न टोलबासीले भने पछि वडाअध्यक्षले प्रोजेक्ट मेनेर इन्जिनियर भरत न्यौपाने लाई फोन गरेर जानकारी गराउनु भएकोथियो ।
कमिशनको लोभमा परेर बिराटनगर महानगर भित्र अहिले प्राबिधिक बिहिन कमसल सामाग्री नक्कली शप्तकोशी सिमेन्ट जस्ता सिमेन्टको मात्रै नभएका बस्तु प्रयोग गरेर नाला पैनी बिकास निमार्णका काम भइरहेकाछन ।
जनताको टाउको बोकेको ऋणको पैसा खोलो बगाएर यो के गरेको हो ? जनताले महानगरपालिका संग प्रश्न गरेकाछन। काम कस्ले हेर्ने हो प्रबिधिक तोकिनु पर्यो ।
जनताको टाउको बोकेको ऋणको पैसा खोलो बगाएर यो के गरेको हो ? जनताले महानगरपालिका संग प्रश्न गरेकाछन। काम कस्ले हेर्ने हो प्रबिधिक तोकिनु पर्यो ।
टोलि नाला निमार्ण स्थल पुगेर मिस्त्रीलाई जानकारी लिदा १ तगारी सिमेन्टमा १६ तगारी बालु हालेर बनाउन भनेकाले सिमेन्ट पनि नलाग्ने भए र बालुवा जस्तो भएको हो हामीलाई पनि यस्तो सिमेन्टबाट काम गर्न मन परेकोछैन ज्यामीभन्छन ।
Post a Comment