काठमाण्डौ जेष्ठ ५ गते । रातो तारा डट कम,दाङमा पछिल्ला समय महिलाको घरजग्गामातथा अचल सम्पतिमा स्वामित्व बढ्दै जान थालेको छ । पुुरुषले चल, अचल सम्पति महिलाको नाममा गर्न थालेपछि घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको छ ।
महिलाको नाममा जग्गा पास गर्नेहरु शहरको तुलनामा ग्रामिण स्तरमा कमि देखिएको छ । चल, अचल सम्पतिमा महिलाको पनि स्वामित्व हुुनुुपर्छ भन्ने विकास ग्रामिण स्तरमा पुुग्न नसकेको सरोकारवाला बताउँछन् । सरकारले महिलाका नाममा जग्गा रजिष्ट्रेशन गर्दा २५ प्रतिशत छुुट दिने व्यवस्था गरेपछि सम्पति महिलाका नाममा पास गर्नेहरु आर्कषित हुन थालेका छन् ।
सम्पतिमा महिलाको पनि स्वामित्व कायम हुुन थालेपछि महिलाले आफ्नो अधिकार सुरक्षित भएको महशुुस गरेका छन् भने महिलाका नाममा जग्गा रजिष्ट्रेशन गराउनेको संख्या बढ्दै जान थालेको छ । जिल्ला भुुमिसुुधार तथा मालपोत कार्यालय दाङका प्रमुुख बिनोद कुुमार पौडेल महिलाको नाममा पनि जग्गा रजिष्ट्रेन हुुदाँ महिला सशक्तिकरणमा ठुुलो सहयोग पुुगेको बताउनुुहुुन्छ ।
Post a Comment