काठमाण्डौ जेष्ठ ४ गते । रातो तारा डट कम,एभरेस्ट एजुकेस फाउन्डेसन प्रा लिले स्टिल स्ट्रक्चर प्रयोग गरी बिराटनगर ५ पुरानो आँप बगैमा आधुनिक एभरेष्ट कलेजका लागि बनाइदै गरेको भवनको आज एक कार्यक्रमका बीच बंगलादेशको महामहिम राजुत मिस मास्फी उक्त निमाणाधिन स्टिल भवनको निरिक्षण र अवलोकन गर्नु भएकोछ ।
जापानको निप्पोन कम्पनीले तयार पारेको स्टिलको कच्चा पदार्थ बाट बंङ्गलादेशको आधुनिक कारखानाबाट भवनमा प्रयोग हुने सामाग्री उत्पादन गरी नेपाल ल्याइएको बताईएकोछ ।
कार्यक्रममा निमार्ण कम्पनी मिसिडोनल स्टिल मिमिटेडका कार्यकारी निर्देशक श्री साइद सअहमदले यो टेक्नोलोजि भरपर्दो सस्तो टिकाउ खिया नलाग्ने रिसाइकलिंग गर्न सकिने आवश्यक पर्दा अनेत्र सार्न मिल्ने सुबिधाभएको तर यो एक पट डिजाइन गरेर बनाउनु पर्ने बने पछि कंक्रिटको जस्तो पछि तल्ला थप्न भने नमिल्ने बताउनु भएकोछ ।
हिमालयन प्रि—फेव प्रा लि का कार्यकारी निर्देशक निलामणी सापकोटा यो प्रविधी प्रयो गिरेर अहिले पुल साना एक तल्ले घर र ४५ कोठ्ठा सम्मका ठुला भवनहरु भुकम्प रहित, सिमेन्ट गिट्टी बालु इट्टा प्रयोग नभई आधुनिक तरिकाबाट बनिरहेको जनकारी गराउनु भयो ।
गणेश कुमार पाण्डे निपोन एण्ड म्याकडोाल स्टिलका प्रतिनिधि इसिवासि तोकेया ले पनि यो स्टिलका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको अन्त्यमा एभरेस्ट एजुकेस फाउन्डेसन प्रा लिका संन्चालक बिनोद ढकालले प्रबिधिका बारेमा जानकारी गरादै,अहिले यो करिव २–१०–०,जमिनको छेउमा बन्दैगरेको आधुनिक भवन १ नम्वर प्रदेशकै पहिलो स्कुल भवन हुने बताउनु भयो ।
Post a Comment