काठामाण्डौ जेष्ठ १० गते । रातो तारा डट कम,सरकारी सार्वजनिक र गुठीको जग्गाको संरक्षणसम्बन्धी जाँचबुझ गर्न सरकारले मोहन भट्टराईको अध्यक्षतामा समिति गठन गरेको छ ।
६ महिनाको कार्यावधिसहित भट्टराईको अध्यक्षतामा जानकी बल्लभ अधिकारी, दुर्गा दाहाल, जगतबहादुर देउजासहित चार सदस्यीय समिति गठन गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो ।
प्रदेश सरकार अन्तर्गत रहेका सेती राजमार्ग उत्तर खण्ड टिकापुर (चैनपुर चाक्लाकोट) लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ल्याई सञ्चालन गर्ने, प्रत्येक वर्ष जेठ १६ गतेलाई महिला अधिकार दिवसको रूपमा मनाउने, वर्ष २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रूपमा मनाउने निर्णय गरिएको बास्कोटाले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
संघ प्रदेश र स्थानीय तहमा पर्ने विकाससम्बन्धी आयोजनाहरूको वर्गिकरण तथा बाँडफाँड सम्बन्धी मापदण्द स्विकृत गर्ने, आयोजनाहरूको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको
छ ।
Post a Comment