शिव भट्टराई सुनसरी बैशाख १८ गते । रातो तारा डट कम,
सुनियोति षड्यन्त्र गरी मुलुकलाई धर्म निरपेक्षता राष्ट्र बनाइएको भन्दै हिन्दु राष्ट्र पुनस्थापनाका लागि सुनसरीको इटहरीमा धार्मिक सभा आयोजना गरिने भएको छ ।
सनातन युवा मञ्च नेपालको आयोजनामा आगामी जेष्ठ ६ गते धर्मसभाको आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । जनभावना विपरित केही नेताहरुका कारण मुलुकलाई धर्म निरपेक्ष बनाइएको आरोप लगाउदै मञ्चका संरक्षक तथा धर्मगुरु श्रीनिवासार्चायले अन्य धर्मका धर्मगुरु समेतको सहभागितामा धार्मिक सभाको आयोजना गरिने जानकारी गराए ।
धर्म सभामा अन्य धर्मका धर्मगुरुका साथै विभिन्न पाटीका केन्द्रीय नेताहरुको समेत उपस्थिती रहेको समेत उनले बताए । पत्रकार सम्मेलनमा सनातन युवा मञ्च नेपालका केन्द्रीय अध्यक्ष नवराज ढकाल लगायतको सहभागिता रहेको थियो ।
Post a Comment