Websoft University

स्वतन्त्र न्यायालय माथिको हस्तक्षेप र प्रेस माथि अंकुश लगाउने काम राम्रो होइन : डा.शंशाक कोईराला


श्याम राई-गाईघाट जेष्ठ ६ गते । नेपाली कांग्रेसका महामंत्री डा.शंशाक कोईरालाले वर्तमान सरकार नागरीक अधिकार खोस्ने बाटोमा अघि बढिरहेको बताएकाछन् । उनले स्वतन्त्र न्यायालय माथिको हस्तक्षेप र प्रेस माथि अंकुश लगाउने तयारीले सरकार प्रजातान्त्रिक अधिकार खोस्न लागि परेको बताए ।

नेपाल प्रेस युनियन उदयपुरले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले संचार विधेयक फिर्ता नलिए संसदमा पाटीले प्रतिकार गर्ने बताए ।‘ कांग्रेसले कुनै किसीमको अधिनायकबाद स्विाकार्दैन । प्रेस माथि अंकुसको कल्पना समेत गर्न सक्दैन ।’ उनले भने । प्रेस स्वतन्त्रताको पक्षमा समेत गर्न कांग्रेस सधै लडिरहने उनले बताए ।

उनले वर्तमान कम्यूनिष्ट सरकारले काम भन्दा बढी गफ गरिरहेकोले जनतामा वितृष्ण फैलेको बताए । सरकार बनेको डेढ वर्षमा नयाँ काम केह ीगर्न नसकेको उल्लेख गर्दै महामंत्री कोईरालाले कांग्रेसले विगतमा गरेको कामलाई सरकारले निरन्तरता दिने मात्र काम गरेको बताए ।

उनले पार्टीका शिर्ष नेताद्धयले गुट उपगुट चलाईरहेकोले त्यसलाई त्यागेर पार्टी हितमा एकजुट हुन आग्रह गरे ।‘ मैले वहाहरुलाई सबै गुट छाडेर एक हुन आग्रह गरिसकेको छु ।’ उनले भने । पार्टी एक ठिक्का भएर अघि बढे कसैले हल्लाउन नसक्ने उल्लेख गर्दै कोईरालाले आगामी निर्वाचनमा कांग्रेसले सफलता हासिल गर्ने बताए ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.