श्याम राई-गाईघाट,जेष्ठ ५ गते । रातो तारा डट कम,नेपाली कांग्रेस महामंत्री डा.शंसाक कोईरालाले पार्टी सभापती शेर वहादुर देउवा र वरिष्ठ नेता राम चन्द्र पौडे्ललाई गुट उपगुट त्यागेर एक हुन आग्रह गरेकाछन् ।
किशन जी प्रतिष्ठान उदयपुरले आईतबार उदयपुरको बेलटारमा आयोजना गरेको‘‘ नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र पद्धटिका चुनौती ’’ विषय दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै महामंत्री कोईरालाले उक्त कुरा बताएका
हुन् ।
उनले सबै मिलेर गए मात्र कांग्रेसको भविष्य उज्जल रहेको बताए ।‘ मैले दुबै नेतालाई गुट उपगुट छाडेर अघि बढ्न आग्रह गरेको छु । कांग्रेस एक ढिका भए कसैले पार्टीलाई हल्लाउन नसक्ने उल्लेख गर्दै आगामी निर्वाचनमा कांग्रेसले सफलता हासिल गर्ने बताए ।
महामंत्री कोईरालाले वर्तमान सरकारले स्वतन्त्र न्यायलय र प्रेसलाई अंकुस लगाउन खोजेर प्रजातान्त्रिक अधिकार खोस्न लागेको बताए ।‘ सरकारको कार्यशैली प्रति जनतामा वितृष्ण जागेको छ । डेढ वर्षको अवधिमा सरकारले नयाँ काम केही गर्न सकेको छैन ।’ उनले भने । हावादारी गफबाट देश चल्न नसक्ने भन्दै उनले विगतमा कांग्रेस नेतृत्वको सरकारले जति पनि कम्युनिष्ट सरकारले काम गर्न नसकेको बताए ।
कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले प्रेसलाई अंकुस लगाउनेगरि ल्याउन लागेको संचार विधेयक पार्टीलाई कुनै पनि हालतमा मान्य नहुने बताए ।‘ स्वतन्त्र प्रेस विना लोकतन्त्र बाच्न सक्दैन । सरकारले प्रेसलाई नियन्त्रण गर्ने गरि कानून ल्याउन खोजे कडा रुपमा कांग्रेस प्रस्तुत हुने उनले बताए ।
श्याम राई÷उदयपुर

Post a Comment