काठमाण्डौ जेष्ठ ८ गते । रातो तारा डट कम,प्रधानमन्त्री कप महिला टी ट्वान्टी क्रिकेट प्रतियोगिता जेठ अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ अन्तिम साताबाट कंचनपुरको महेन्द्रनगरमा आयोजना हुने जानकारी गराएको छ । जेठ २८ गतेबाट सुरु हुने प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहनेछ । जसमा सात प्रदेश र एक विभागीय टिमको सहभागिता रहने सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिनुभयो । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ । खेल तालिका र सहभागी टोलीको पछि आयोजकले जनाएको छ । विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने छन् । प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद राखेपले उपलब्ध गराउने आयोजकले जनाएको छ ।
Post a Comment