Websoft University

किसानले उखुको भुक्तानि माग रिले अनसनमा सुरु गरे


काठमाण्ठौ जेष्ठ ६  गते । रातो तारा डट कम,सर्लाहीको दक्षिणी भेगका किसानले उखुको भुक्तानि माग गर्दै सदरमुकाम मलङ्गवामा रिले सूरु गरेका छन् । चिनी उद्योगमा उखु बिक्री गरेको लामो समयसम्म भुक्तानि नपाएपछि उखु किसानले मलङ्गवास्थित शहीद चौकमा चर्को घाम र गर्मीको प्रवाह नगरी अनिश्चितकालीन रिले अनसन सूरु गरेका हुन् । उद्योगमा बिक्री गरेको उखुको भुक्तानि नपाउँदा घर–व्यवहार चलाउनै मुस्किल परेको किसानहरुको गुनासो छ । उखु बेचेको पैंसा नपाउँदा ऋणमाथि ऋण थुपरिएको बलरा नगरपालिका–५, हथियौलका किसान रामअवरात साहले गुनासो गर्नुभयो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उखु किसानको भुक्तानि दिलाउन पहल गरिरहेको बताउनुभयो । उहाँले उद्योगी सम्पर्कमा आउन नचाहेपनि कर्मचारी स्तरमा भने यसबारेमा सम्वाद भैरहेको बताउनु भएको छ । चिनी बिक्री नभएकाले किसानलाई भुक्तानि दिन समस्या भैरहेको उद्योगीले बताएका छन् ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.