बिराटनगर जेठ ७ गते । रातो तारा डट कम,
विराटनगर रानी ,इटहरी ,धरान सडक आयोजना अन्तरगत बरगाच्छी देखी रोडशेष सम्मको सडकखण्डको कालोपत्रे गर्नेकाम बर्षातको समय अगावै सक्ने सहमती भएको छ ।
परियोजना अन्तरगतका सडक र नालीको मंगलवार गरिएको अनुगमनका क्रममा यसखाले सहमती भएको हो ।
विराटनगर महानगरका मेयर भीम पराजुलीको समन्वयमा परियोजनाका प्रमुख बद्रीप्रसाद शर्मा , ठेक्केदार कम्पनी टुन्डीरमणका सिभिल इन्जिनियर आनन्द ठाकुर,क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख भरत न्यौपाने,इन्जिनियर घनेश्याम काफ्ले लगायतको टोलीले अनुगमन गरेको थियो।
विराटनगर स्थित बरगाच्छि देखी रोडशेष सम्मको भागमा बर्षातको समय अगाडीनै कालोपत्रे गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । यसका लागि दीन ,रात दुवै समय काम गर्ने ठेकेदार कम्पनी टुन्डीरमनका सिभिल इन्जिनियर आनन्द ठाकुरले बताए ।
सो क्रममा मेयर पराजुलीले सिक्सलेन आयोजनाको काममा भइरहेको ढिलासुस्तिले विराटनगरका सहायक मार्ग निर्माणमा समेत ढिलाइ भएको भन्दै तत्काल काम सक्न आग्रह गरे । महानगगरका सहायक मार्गमा जोडिएका सवै सडक जोडिने स्थानमा कल्भट निर्माणमा भएको ढिलाइका कारण डुवान समस्या सिर्जना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
आयोजनाले बनाएका सडक र नाली सँग जोडिएका सवै शाखा बाटोहरु क्लियर नहुदा पानि जम्ने खतरा बढेको छ । वर्षादको समय नजिकिदै जादा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आफुले परियोजनालाई जानकारी गराएको बताए ।
परियोजनाका प्रमुख बद्रीप्रसाद शर्माले विराटनगर रानी,इटहरी ,धरान सडक आयोजना अन्तरगत सडकका भागहरु खण्डिकरण गरी विभिन्न समयमा टेन्डर लागेकाले कामको प्रकृति ढिलो,चाढो हुन गएको बताए । बर्षातको समय अगावै खास ,खास समस्याग्रस्त क्षेत्रमा द्रुतगतिमा काम गरिने शर्माले प्रतिबद्धता जनाएका थिए ।
Post a Comment