काठामाण्डौ जेष्ठ १० गते । रातो तारा डट कम,सत्तारुढ नेकपाका सचिवालय सदस्य वामदेव गौतमले प्रस्तावित मिडिया काउन्सिल विधेयक सच्याएर मात्र पारित गर्नुपर्ने राखेका छन ।
मन्त्रिपरिषद्बाट पारित भएर राष्ट्रियसभा सचिवालयमा दर्ता गराइएको विधेयकका विवादास्पद प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको गौतमले जानकारी गराएका छन । गौतमले विज्ञप्ती जारी गर्दै विधेयकका केही प्रावधान नेपालको संविधानको भावना अनुकुल नभएको उल्लेख गर्नुभयो ।
सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्या्दित हुनुपर्नेमा दुई मत नभए पनि समाचार लेखेकै आधारमा पत्रकारलाई दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित नभएको उहाँको भनाइ छ ।
Post a Comment