Websoft University

पार्टी कुनै नेताको तजबिजमा होइन, स्पष्ट कार्यदिशा र नीतिबाट चल्नु पर्छ– उपप्रधानमन्त्री पोखरेल



काठमाण्डौ जेष्ठ २ गते । रातो तारा डट कम,उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलले एकीकृत पार्टीको मूल विचार स्पष्ट हुनुपर्ने भन्दै अहिलेको अवस्थाप्रति असन्तुष्टि जनाउनुभएको छ । युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा १ गते काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड सहितका बरिष्ठ नेतातर्फ इंगित गर्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका पोखरेलले विचारमा स्पष्ट नभए कम्युनिस्ट पार्टी तासको घर जस्तै ढल्ने चेतावनी दिनुभयो । पोखरेलले अब नेकपाभित्र सांगठानिक एकता सकिन लागेको भन्दै राजनीतिक कार्यदिशाका लागि पार्टीभित्र सार्थक बहस र छलफल हुनुपर्ने बताउनुभयो । नेता पोखरेलले पार्टी कुनै नेताको तजबिजमा होइन, स्पष्ट कार्यदिशा र नीतिबाट चल्नुपर्ने बताउनुभयो । उहाँले श्रृंखलावद्ध कमिटी प्रणाली नअपनाइए नेकपाको दुर्गती कसैले रोक्न नसक्ने बताउनुभयो । पोखरेलले केही दिनअघि मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा पनि जनताको बहुदलीय जनवाद नै नेकपाका लागि सार्थक विचार हुने भन्दै यसमा बहस हुनुपर्ने बताउनुभएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.