काठमाण्डौ जेष्ठ १२ गते । रातो तारा डट कम,कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले जिबिकोपार्जनका लागी मात्रै खेती गर्ने किसानहरुले अव नगदेबालीलाई प्राथमिकता दिनुपर्नेमा बताउनुभएको छ । खाद्यान्न बालीमा लागत अनुसार प्रतिफल कम हुने भएकोले यस्तो खेतीलाई प्राथमिकता दिन मन्त्री खनालले किसानहरुले आग्रह गर्नुभयो ।
कपिलबस्तुको मायादेवी गाँउपालिका वडा नम्बर १ पकडीमा आयोजित मायादेवी माछा ब्लक सञ्चालक समितिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले नगदेबालीका लागी प्रसस्त जग्गा जमिन आवश्यक पर्ने हुँदा कपिलबस्तु सहित तराइका अधिकांश जिल्लामा नगदेबाली गर्न उपयुक्त रहने बताउनु
भयो ।
खाद्यान्न बालीभन्दा नगदे बालीमा बढी नाफा हुने भएकोले किसानहरु तरकारी तथा फलफूल तिर बढी आकर्षित हुनुपर्ने उहाको तर्क छ । मन्त्री खनालले जडिबटिहरु, बदाम, उखु, चिया लगायतका नगदे बालीको खेती गरेमा कृषकहरुको आर्थिक स्तर समेत बृद्धि हुने बताउनुभयो । कृषि क्षेत्रमा सुधारका लागि यस बर्षदेखि किसान परिचयपत्रको वितरण सुरु गर्ने योजना रहेको समेत पनि उहाँले जानकारी दिनुभयो ।
यस बर्ष कपिलवस्तुसहित ७ प्रदेशका सात जिल्लामा किसान वर्गिकरण परिचयपत्र लागू गरिने उहाँले बताउनुभयो ।
Post a Comment