Websoft University

भाटेपुल एकटाका वुद्धिमानको परिवारलाई राहत स्वरुप १० लाखको चेक हस्तान्तरण


श्याम राई-गाईघाट,वैशाख १८ गते । रातो तारा डट कम,जंगली हात्तिको आक्रमणबाट मृत्यु भएका बेलका नगरपालिका–३ शुक्रबारे भाटेपुल एकटा टोल बस्ने ५७ वर्षिय वुद्धिमान मगरको परिवारलाई  राहत स्वरुप १० लाख रुपैँया दिएका छन् ।

कोशी टप्पु वन्य जन्तु आरक्ष केन्द्रले उपलब्ध गराएको रकम डिभिजन वन कार्यालय उदयपुरका प्रमुख बिष्णुप्रसाद आचार्यले उनको श्रीमती तिर्थ माया मगरलाई मंगलबार १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

राहत रकम लिन कार्यालय आईपुगेका मगरका श्रीमतिलाई प्रमुख आचार्यले कान्तिपुरका सञ्चारकर्मी डिल्लीराम खतिवडा र बरुवा टाइम्स दैनिकका प्रकाशक रविन्द्रकुमार चौधरी र  वन पैदाबार उदयपुरका कोषाध्यक्ष खिलराज पोखरेल, डिभिजन वन कार्यालय गाईघाटका लेखापाल महेश वाग्लेको रोहवरमा चेक हस्तान्तरण गरेका हुन् । गत मंसिर २६ गते दिउँसै घर नजिकै खयरघारीमा गाईवस्तु चराउन गएको अवस्थामा हात्तीले ५७ बर्षीय मगरलाई कुल्चिदा मृत्यु भएको थियो ।

हात्तिको आक्रमणबाट मृत्यु भएको पुष्टि भएपछि कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ दोश्रो संसोधन २०७४ को दफा ५ (क) (ई) वमोजिम राहत उपलब्ध गराउनका लागि तत्कालिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस गरेको कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए थिए ।

जंगली हात्तिको आक्रमणबाट चालु आर्थिक बर्षमा मात्रै तीन जनाको मृत्य भएको थियो । हात्तिको आक्रमणबाट मृत्यु भएको बेलका नगरपालिका ३ का अपाङ्ग रामकुमार सार्की, बुद्धिमान मगर र त्रियुगा नगरपालिका १२ का ७८ बर्षीया सावित्रा राई रहेका छन् ।

सार्की र मगरलाई राज्यले क्षतिपूर्ति स्वरुप १० लाख उपलब्ध गराई सकेका छन । सार्कीलाई गत साउन ३० गते र राईलाई पुस १५ गते जंगली हात्तिले आक्रमण गरेको थियो । आरक्षबाट निस्किएका जंगली हात्तिले बर्षेनी झण्डै आधा दर्जनको संख्यामा सर्वसाधरणलाई आक्रमण गर्ने गरेको छ भने स्थानीयले लगाएको अन्नवालीसमेत नष्ट गर्ने गरेको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.