मोहन कुमार राई-जेष्ठ ४ गते । रातो तारा डट कम,
संखुवासभा÷ २५सय ६३ औं बुद्ध जयन्ती तथा चण्डीपूर्णिमा मेलाको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल, डबल व्याडमिण्टन प्रतियोगिता, विभिन्न जनजातीका झाँकीहरु साथमा सास्कृतिक कार्यक्रम चैनपुरको पोखरीमा एक कार्यक्रमका वीच चैनपुर नगर प्रमुख भरतकुमार खत्रीले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।
नवयुग युथक्लव पोखरीको आयोजनमा शुरु भएको बुद्ध जयन्ती तथा राईहरुको उभौलि पर्व चण्डीपूर्णिमा मेलाको अवसर पारेर संखुवासभाकै पहिलो प्रतियोगितात्मक खुल्ला पुरुष भलिवल खेल र विभिन्न जनजातिहरुका साँस्कृतिक झाँकीहरु सहित शनिवार उद्घाटन गरिएकोे थियो ।
क्लबले “स्वास्थ्यको लागि खेलकुद् राष्ट्रका लागि खेलकुद ” “ खेलकुद मार्फत पोखरी बजारलाई पर्यटकिय स्थलको आकर्षण ” र धार्मिक सहिष्णुता जस्ता विषयहरुलाई मूल नारा बनाएर यस क्षेत्रका जनताहरुलाई पत्यक्ष लाभावन्वीत हुनेखालको कार्यक्रम गर्दै कार्यत्रमका अध्यष निलम राईले बताउनुभयो । क्लवले यस क्षेत्रमा रहेका धार्मिक स्थलहरुको संरक्षण र सम्वर्धन गर्ने, पोखरी बजारलाई व्यापारीक केन्द्रको रुपमा पहिचान गराउने प्रतिवद्धता रहेको क्लवका सचिव मोहन खत्री बताउनुहुन्छ ।
कार्यक्रमको अवसरमा नगर प्रमुख खत्रीले शुभकामना मन्तव्यको क्रममा खेलको माध्यमबाट पर्यटकहरुको संख्या वृद्धि गर्दै वाह्य क्षेत्रबाट आउने आगन्तुक, पर्यटकहरुले यस ठाउँमा आइ खेल मनोरन्जन लिने, स्थानीय उत्पादनहरुलाई प्रर्वधन गर्र्दै पर्यटकिय विकास मार्फत स्थानीयहरुको आयस्तरमा वृद्धि गर्न पनि निकै ठूलो मद्त गर्ने छ ।
जसले गर्दा यस बजारको अर्थतन्त्रमा सुधार ल्याउन र विकास गर्न सहयोग पुग्नेछ । ऐतिहासिक, धार्मीक, साँस्कृतिक प्राकृतिक स्थलहरुको भ्रमण तथा अवलोकन गर्नेछन् जसले गर्दा यस पोखरी बजारलाई नेपालभरी चिनाउन र यसको पहिचान विकास गर्न उल्लेख्य भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रमको अवसरमा खुल्ला पुरुष भलिव प्रतियोगिता र डबल व्याडमिण्टन प्रतियोगित जेष्ठ ७ गते सम्म सञ्चालन हुनेछ ।
खेल प्रतियोगिता सँगै साँझ सास्कृति कार्यक्रमहरु सञ्चालन हुने समेत आयोजकले जनाएको छ । साँकृतिक कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राईको समेत उपस्थिति रहने जनाएको छ ।

Post a Comment