Websoft University

बुद्ध जयन्ती सँगै चण्डी पूर्णिमा मेला


मोहन कुमार राई- जेष्ठ ४ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित पोखरी बजारमा  २५ सय ६३ औ बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रमका साथ चण्डीपूर्णिमा मेला उद्घाटन  भएको छ ।

कार्यक्रममा विविध साँकृतिक भेष भुसा झल्काउने जातजातीको झाकीहरु प्रदर्शन गरिएको थियो । जनजातीको बाहुल्यता रहेको सो क्षेत्रमा राई, तामाङ, शेर्पा, लिम्बू, गुरुङ्ग, नेवार लगायतले चण्डी नाच, डम्फू नाच, डोके नाच, च्याप्रुङ्ग नाच लगायत संस्कृतिहरु आ–आफ्नै भेषभुसामा प्रस्तुत गरिएको थियो ।

चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सरकारी कार्यालय, सुरक्षा निकाय, सामाजिक संघ संस्था राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

पोखरी बौधगुम्बा बाट बुद्धको प्रतिमा सहतिको रथयात्रा सँगै बौद्ध लामाहरुद्धारा विधिवत रुपमा त्रिपिटक सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । यसै गरी चैनपुर बजार स्थित बोधिसत्व विहार चैनपुरमा  बैशाख २९ गते देखि नै शिल प्राथना, बुद्ध पुजा, ज्ञान भजन, कल्प वृक्ष दान, शाक्य समाज चैनपुर र दि फाउडेसन  काठमाण्डौको टोलिसहित धिमेबाजा र भजन सहित चैनपुर बजार परिक्रमा गरेको
थियो ।

बुद्ध जयन्तीकै अवसरमा बोधिसत्व विहारले  अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा  समेत सञ्चालन  गरेको शाक्य समाजका सदस्य प्रमोद शाक्यले वताउनुभयो । प्रतियोगितामा प्रथम मकालु अरुण स्कुल चैनपुर, द्धितीय चैनपुर इङलिस बोर्डिङस्कुल चैनपुर र तृतीय स्थान सरस्वती मावि चैनपुर र शारदा मावि खराङ भएको थियो ।

कार्यक्रमको अवसरमा दि फाउडेसन काठमाण्डौको टोलिले अतिथि भवन निर्माणको लागि रु ५० हजार सहयोग गरेको फाउडेसनका अध्यक्ष अमिरमान शाक्यले वताउनुभयो ।
यसै गरी चैनपुर भ्रमणका लागि आइपुगेका अर्का टोलिले ३० हजार अतिथि भवन निमार्णको लागि प्रदान गरेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.