काठमाण्डौ जेष्ठ ५ गते । रातो तारा डट कम,लुम्बिनी भम्रण वर्षको औपचारिक उद्घाटन भएको छ । गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा आज २५ सय ६३ औं बुद्धजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले भ्रमण बर्षको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्न सरकारको ध्यानार्कषण गराउनुभएको छ । राष्ट्रपति भण्डारीले कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र देवदहलाई एकापसमा जोड्न पनि आग्रह गर्नुभएको छ । उहाँले लुम्बिनी गुरुयोजना पूरा नहुँदा विश्वभरका मानिसलाई जोड्न नसकिएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेकोमा खुसी व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले भ्रमण वर्षले प्रदेशमा विकासको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारको यो अभियानले नेपाल भ्रमण वर्ष सफल बनाउन परिपूरक हुने पनि राष्ट्रपतिको भनाइ छ । राष्ट्रपतिले बौद्ध दर्शनलाई विश्वभर पु¥याउन लुम्बिनी विश्वविद्यालयलाई विभिन्न ज्ञान केन्द्रको रुपमा विकास गरिनुपर्ने धारणा राख्नुभयो ।
यसै अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि लुम्बिनीको विकासले गति लिएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले अब लुम्बिनीको व्यापक विकास हुने बताउनुभएको छ । सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताउँदै प्रधानमन्त्रीले कपिलस्तुलाई फरक ढंगले विकास गरिनुपर्ने धारणा राख्नुभयो ।
समारोहमा सहभागि हुन प्रधानमन्त्री ओली हिजो नै लुम्बिनी पुग्नुभएको थियो । राष्ट्रपतिको भने आजै पुग्नुभएको हो ।
Post a Comment