उदयपुर, जेष्ठ ५ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका-१४ घुर्मी-कटारी सडकखण्डको लामीडाँडा भन्ने स्थानमा आज हुँदा २ जनाको मृत्यु भएको
छ ।
बिहान ५:४५ बजेको समयमा मिर्चैयाबाट सोलु हाईड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडक देखी अन्दाजी १५ सय मिटर तल दादुरा खोलामा खसेर दुर्घटना भएकोथियो।
दुर्घटनामा ट्रिपरका सह-चालक सिन्धुली दुधौली नगरपालिका-११ बस्ने बर्ष २० को लीला बहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका-५ भोर्ले बस्ने तत्काल नाम थर नखुलेका माईलो भनेर चिनीने अन्दाजी बर्ष २५ को पुरुष ब्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
ट्रिपरका चालक सिन्धुली दुधौली नगरपालिका-११ बस्ने बर्ष ४० को हर्क बहादुर सार्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Post a Comment