Websoft University

नेकपाभित्र बैचारिक मतभेद– नेतृत्वको नामावली सार्वजनिक



काठमाण्डौ जेष्ठ ३ गते । रातो तारा डट कम,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र अहिले वैचारिक मतभेद देखिएको चुलिन थालेकोछ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जनताको बहुदलीय जनवादको सिद्धान्तबाटै अगाडि बढ्ने बताउनुभएको छ । २६ औं मदन–आश्रित स्मृति दिवस तथा नेकपा एकीकरणको एक वर्ष पुगेको अवसरमा नेकपाले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बहुदलीय जनवादको विकल्प हुन नसक्ने धारणा राख्नुभयो । 

मदन भण्डारीले अघि सारेका बिचारबाटै पार्टी अहिलेको अवस्थामा पुगेको भन्दै ओलीले स्वर्गिय भण्डारीका विचार बाहेक अर्को बाटो नभएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले पार्टीभित्र असान्दर्भिक प्रसंग चल्ने गरेको भन्दै आक्रोशमा अभिव्यक्ति नदिन पनि नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीले सचेत गराउनुभयो ।  प्रधानमन्त्री ओलीले पार्टी एकताका अधिकांश काम टुंगिएको भन्दै बाँकी काम पनि चाँडै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको बिचारलाई परिमार्जन गर्दै अगाडि बढ्ने धारणा राख्नुभयो । 

मदन भण्डारीको बिचार बोकेर बस्ने कि अगाडि बढ्ने भन्ने बहसको बिषय भएको भन्दै प्रचण्डले जनताको बहुदलीय जनवादलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने नभई विज्ञानको रुपमा प्रयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले अहिले पनि कम्युनिष्ट पार्टीलाई हेप्ने, बद्नाम गर्ने, अपमानित गर्दै र विभाजित गर्ने षड्यन्त्र भईरहेको भन्दै त्यो षड्यन्त्र पुरा हुन नदिने बताउनुभयो । आजै,नेपाल कम्युनिष्ट पार्टी नेकपाले विभिन्न जनसंगठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । 

पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा एमालेको पुरानो कार्यालय मदननगर, बल्खुमा आज आयोजित कार्यक्रममा नेतृत्वको नामावली सार्वजनिक गरिएकोहो । पार्टीका महासचिव विष्णु पौडेलले हिजो सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ वटा जनसंगठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको सङ्ख्या सार्वजनिक गर्नुभयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.