Websoft University

१३० औं अन्तराष्ट्रिय मजदुर दिवश कैलालीको अत्तरियामा धुमधामका साथ मनाईयो



काठमाडौ बैशाख १८ गते । रातो तारा डट कम, अत्तरिया कैलाली मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस कैलालीको अत्तरियामा पनि मनाईयो । राजनीतिक दल, श्रमिक, श्रमजिवी कर्मचारी, शिक्षक, मजदुर आदी आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गरेका छन ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ, तेही विचारलाई देश बिदेशमा जानकारी फैलाउन एव लागु गर्न कैलालीमा पनि बिविध कार्यक्रमका साथ १३० औं अन्तराष्ट्रिय मजदुर दिवस मनाईयो ।

अत्तरियाका बिभिन्न मजदुर संगठनहरुले आज बिहान अत्तरिया बजार बरपर र्याली निकालेका छन् । न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, श्रम कानूनमा गरिएको व्यवस्थाको परिपालनाका लागि श्रमिकले सङ्घर्ष गर्दै आएका छन् ।

सरकारले सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा योजनाको घोषणा गरेको छ भने श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरि १३ हजार ४५० कायम गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.