Websoft University

मेयर भीम पराजुलीले गरे बाबा गरिव नाथ शिव मन्दिरको सिलन्यास


बिराटनगर जेष्ठ २ गते । रातो तारा डट कम,भाट भटेनि छेउ धरान रोडमा रहेको पुराना मन्दिरहरु मध्येकै बाबा गरिव नाथ मन्दिरको आज एक समारोहका बिच महानगरपालिका बिराटनगरका मेयर भीम पराजुलीले सिलन्यास गर्नु भएकोछ ।

 सिलन्यास समारोहलाई सम्वोधन गर्दै, मेयर भीम पराजुलीले आफु धर्मप्रति आस्था वान भएको प्रसङ्गहरु उल्लेख गर्दै,सामाजिक रुपमै मन्दिर धरोहर संस्था भएकाले मठमन्दिरहरुको सबैमिलेर सरक्षण गर्नु पर्छ भन्नु भयो ।

आज सिलन्यास भएको मन्दिर करिव २ करोड ५० लाखको लागतमा निमार्ण हुन लागेको भन्नु हुदै,आफुले व्यक्तिगत र महानरको तर्फबाट पनि सहयोग रहने बताउनु भएकोछ ।

पांन्चआली मन्दिरका पिठाधिस अचुतानन्द प्रपन्नचार्यले धार्मिक महिमाहरुको उकुरा उठाउनु हुदै,यो पुरानो २००७ सालमा स्थापना भएको बाबा गरिव नाथ शिव मन्दिरको नयाँ मन्दिरको भवन बनाउन मन्दिर परिसरमा आज सिला राखेर सिलन्यास गरिएको छ, यो ज्यादै राम्रो काम भएको भन्नु हुदै सबै देवस स्थलहरुको संरक्षण गर्नु पर्छ भन्नु भयो ।

बाबा गरिव नाथ शिव मन्दिर मिमार्ण समितिका अध्याक्ष तथा कार्यक्रमका पनि अध्याक्ष देबेन्द्र गुप्ताले मन्दिरको बारेमा चर्चा  गर्नु हुदै,कार्यक्रममा उपस्थित व्यपारी,उधोगपति समाजसेवी महानुभावहरुको सहयोगबाट मन्दिर छिटो निमार्ण हुने आफुले आसा लिएको बताउनु हुदै अन्त्यमा सभा बिर्सजन गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.