काठमाण्डौ जेष्ठ ५ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसदमा पास हुन नदिने दाबी गर्नुभएको छ । ४ गते विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सभापति देउवाले सरकारले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताउनुभएको हो ।
पत्रकारले जे पायो त्यही लेख्न नहुने बताउँदै उहाँले जे पायो त्यही लेख्ने पत्रकार आफैँ समाजमा कमजोर बन्दै जाने हुँदा संविधान विपरीत गएर प्रेसलाई अंकुश लगाउने कानुन निर्माण गर्नु गलत हुने उहाँले बताउनुभयो । अदालतमा, मानव अधिकार आयोगमा, प्रेसमा सरकारले अनावश्यक रूपमा हस्तक्षेपकारी भूमिका खेलिरहेको बताउँदै उहाँले सरकारको यस्तो हस्तक्षेप नेपाली काँग्रेसलाई मान्य नहुने बताउनुभयो ।
सभापति देउवाले वर्तमान सरकार गठन भएको डेढ वर्ष बित्न लाग्दासमेत कुनै उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाउनुभयो ।
Post a Comment