काठमाण्डौ जेष्ठ २ गते । रातो तारा डट कम,पोलिटव्यूरो छनौट र युवा सङ्गठनभित्रको विवाद समाधान गर्ने बारेमा छलफल गर्न नेकपाको सचिवालय बैठक बालुवाटारमा बसीरहेको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापालगायत सहभागी हुनु भएको छ । नेकपाको युवा विद्यार्थी, महिला र मजदुर सङ्गठनभित्र विवाद छ । सङ्गठनभित्रको विवाद समाधान गर्ने बारेमा पनि बैठकमा छलफल भइरहेको बुझिएको छ । पोलिटव्यूरो सदस्यको नाम भने दुई अध्यक्षले तयार पारीसकेका कारण आजको बैठकले अनुमोदन गर्ने तयारी भएको छ । ८१ पूर्व एमाले र ६६ पूर्व माओवादीबाट गरी नेकपामा १४७ सदस्य पोलिटब्युरो बन्ने निश्चित छ । गतवर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको भोलि एक वर्ष पुग्दैछ । एकताको एक वर्ष र मदन आश्रित स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम गर्ने तयारी नेकपाको छ ।
Post a Comment