Websoft University

पत्रकारहरुद्वारा मिडिया काउन्सिल विधेयकको सुनसरीमा बिरोध

शिव भट्टराई सुनसरी जेठ ३ गते । मिडिया काउन्सिल विधेयकको बिरोधमा जिल्ला प्रशासन कार्यलय सुनसरी अगाडि प्रदर्शन गरेका छ । पत्रकारहरुले प्रशासन अगाडि सञ्चार सामाग्री क्यामरा ,रेकर्डर लगायतका सामाग्री भुईमा राखेर प्रदर्शन गरेका थिए ।

विधेयका राखिएका केही प्रावधाने नागरिकको स्वतन्त्रता समेत हनन गर्ने र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने अवस्था आएको भन्दै पत्रकार महासंघको अगुवाइमा देशैभर पत्रकार आन्दोलित भएका हुन । प्रदर्शन पछि कोण सभामा बोल्दै नेपाल प्रेस युनियनको अध्यक्ष धनबहादुर पुरीले पत्रकारितामा राज्यको हस्तक्षेप बन्द नगरिए आन्दोलन थप शशक्त हुने बताए ।

प्रेस सेन्टर प्रदेश १ का संयोजक राजन केडीले सरकारले ल्याएको विधेयत तत्काल फिर्ताको माग गरे । पत्रकार महासंघका पूर्व अध्यक्ष हर्ष सुब्वाले राज्यले पत्रकारहरुलाई नियोजित रुपमा नियन्त्रणमा राख्नु खोजेको आरोप लगाए । तत्काल विधेयक फिर्ता गर्ने उनको माग थियो ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले सरकारले आम जनताको सुचनाको हकमा बन्देज लगाउने तयारी मान्य नहुने बताए । विधेयक तत्काल फिर्ता गर्न माग गदै खड्काले भने समाचार लेख्नेहरुलाई सरकारले खेद्ने काम गरेको आरोप लगाएका थिए । विरोध कार्यक्रममा ५० जना भन्दा बढि पत्रकारहरुको उपस्थित रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.