Websoft University

संयुक्त भूतपूर्व शैनिक एवम् कल्याणकारी महासंघले वीर गोर्खा दिवस मनायो


शिव भट्टराई  सुनसरी बैशाख १८ गते । रातो तारा डट कम,
सुनसरीको तरहरामा संयुक्त भूतपूर्व सैनिक एवम् कल्याणकारी महासङ्घ नेपाल १ नम्बर प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै लामो समयसम्म विभिन्न देशमा सेनाको जागिरबाट अवकास पाएका पूर्व सैनिकहरूले आफूहरू देशको लागि हतियार उठाउन तयार रहेको बताएका छन् ।

देश सङ्कटपूर्ण अवस्थामा गए आफूहरू हतियार बोक्न तयार रहेको भूपू सैनिकहरूले बताएका हुन्।
वीर गोर्खा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै संयुक्त भूतपूर्व सैनिक एवम् कल्याणकारी महासङ्घ नेपाल १ नम्बरका संयोजक किशोरकुमार राईले सो कुरा बताएका हुन् ।
 भूपूहरूमा दक्ष जनशक्ति र ऊर्जा भए पनि सरकारले बेवास्ता गर्दै आएको उनीहरूको आरोप छ । ‘हरेक हिसाबबाट आफूहरू सक्षम रहेको भन्दै आवश्यक परे देशको लागि बलिदान दिन तयार छौंं’– अध्यक्ष राईले भने । भारत र ब्रिटिससँगको सुगौली सन्धी त्रिपक्षीय सन्धी र सन् १९५० को सन्धी खारेज हुनुपर्ने उनको भनाइ थियो ।

वीर गोर्खाको शिर कहिल्यै नझुक्ने भूपूहरूले बताएका थिए । भूपूहरूले भाग्यरेखा चिठ्ठा खोलेको थियो । उक्त चिठ्ठा प्रदेश एकका ३ जनाले पुरस्कार पाएकाहरूलाई पुरस्कारसमेत दिइएको छ । धरानकी विमती राईले १ सय ५० को टिकट काट्दा १ तोला सुन पाइन् । त्यस्तै खगेन्द्र कार्की र धनबहादुर खड्काले मोबाइल पाएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.