Websoft University

म्याक्स अस्पतालले शिशुको शव र मृतकका परिवारलाई बन्धक बनायो-यो अस्पताल लाई कार्यवाही हुनुपर्छ

विराटनगर जेष्ठ ४ गते । विराटनगरको महेन्द्रचौकस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरले उपचारमा लागेको खर्च तिर्न नसक्दा चार दिने शिशुको शव र अभिभावकलाई बन्धक बनाएर राखेको छ । 
बरहाक्षेत्र नगरपालिका – ९ प्रकाशपुर घर भएकी सुरजा र बुद्धी चन्द्रवंशीले मृतक छोराको उपचार खर्च तिर्न नसक्दा उनीहरू अस्पतालले बन्धक बनाएर राखेको हो । चन्द्रवंशीको फागुन १३ गते इनरुवा अस्पतालमा छोरा भएको हो । नवजात छोराको टाउँकोमा पानी जमेको कारण सो अस्पतालमा उपचर सम्भव नहुने बताएपछि नोबेल मेडिकल कलेज ल्याएको सुरजाले बताए । 
छोराको उपचार एनआइसीयूमा राखेर उपचार गर्नु पर्ने भएपछि नोबेलमा एनआइसियू खाली नभएपछि म्याक्स हस्पिटल भर्ना गरिएको थियो । सोमबार उपचारका लागि भर्ना भएका शिशुको आज बिहान मृत्यु भएको थियो । शिशुको उपचार गर्दा ७३ हजार ९ सय ५० रुपैयाँ को बिल उठेको थियो । उपचारमा लागेको खर्च तिर्न नसक्दा सूर्जा र वुद्धिलाई घर जान नदिई हस्पिटलले बन्धक बनाएर राखेको हो । आज नवजात छोराको मृत्यु भएपछि शुल्क तिर्न ताकेता गर्दै अस्पतालले उनीहरूलाई अस्पताबाट बाहिर जान नदिएको सुरजाले बताइन् । 
आर्थिक अवस्था नाजुक रहेको चन्द्रवनसी परिवारले सयकडा ३ रुपैयाँ ब्याज काटेर ऋण ल्याएको ५० हजार रुपैयाँ मध्ये ४५ हजार रुपैयाँ अपस्पताललाई बुझाए । अस्पताललाई अझै २८ हजार ९ सय ५० रुपैयाँ बुझाए मात्र मृतक छोराको शव दिने र श्रीमान श्रीमतीलाई बाहिर जान नदिने गरेको सुरजाका दाई अमित चन्द्रवंशीले बताए ।
‘अस्पतालमा ४५ हजार र फार्मेसीमा ५ हजार बुझाएका छौ,’ सुरजाले भने, ‘अझै २९ हजार दिनुपर्छ भन्छन् ।’ उनले अस्पतालाई बुझाउने थप रकम आफूहरुसँग नभएको गुनासो गरे । अस्पतालले भने जति शुल्क बुझाउन नसक्दा मृतक छोरा लान नसकेको उनले बताए । अस्पतालको बिल तिर्न नसक्दा मृत अवस्थामा रहेका छोराकोे दाहसंस्कारसमते गर्न नपाएको उनले बताए । अस्पतालले तीन दिन देखि श्रीमान श्रीमतीको निगरानी गरेको उनीहरूले बताए । 
यता अस्पतालका अध्यक्ष शत्रुधन यादवले अस्पतालले केही शुल्क छुट दिने बताउदै उनले सम्पूर्ण उपचार खर्च मिनाह गर्न नसक्ने बताए । एनआइसीयुमा भेन्टीलेटरमा राखेर उपचार गरेको बताउदै लागेको सम्पूर्ण खर्च मिना गर्न नसकिने उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.