Websoft University

सुन्दरहरैचामा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु


शिव भट्टराई,-मोरङ असार २ गते । रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा-३ स्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को.२ च १८६१ नं को पिक अपले सोहि दिशा आउँदै गरेको को.२२ प २४८४  नं को स्कूटरलाई ठक्कर दिँदा अनियंत्रित भई बिपरीत दिशा तर्फ आईरहेको को. १ ख ३५०५ नं को मिनी ट्रकमा ठोकिदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कूटर चालक मोरंग पथरी शनिश्चरे-८ बस्ने ३० वर्षीय नानी माया लिम्बु , ६ वर्षीय रोबिन लिम्बू घाइते भएका छन् भने सोहि नगरपालिका बस्ने ४२ वर्षीय यमुना वास्तोलाको टाउकोमा गम्भिर चोट लागेकोले बिराट नरसिंह होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ।

घाइतेको बिराटनगर स्थित बिराट नरसिंह होममा उपचार भइरहेको छ भने पिक अपलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.