शिव भट्टराई, सुनसरी /रातो तारा डट कम, एसओएस बालग्रामका संस्थापक पिता प्रा. डा. हर्मन माइनरको १०० औ जन्म जयन्ती तथा ७० ओै अन्तर्राष्ट्रिय एसओ एस दिवसको अवसरमा एसओएस हर्मन माइनर माध्यमिक विध्यालय इटहरीमा रक्तदान तथा निशुल्क स्वस्थ्य शिविरको आयोजना गरिएको थियो।
विध्यालायमा जुनियर रेडक्रसका शिक्षक नायक श्री सोमनाथ आचार्यको संयोजनमा रक्तदान कार्यक्रमको संचालन गरिएको थियो।जसमा ६३ जना व्यक्तिहरुले रक्तदान गर्नुभएको थियो।
त्यसैगरि राजेश मान श्रेष्ठको संयोजनमा तथा विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिस्ठान धरानको प्राविधिक सहयोगमा फिजिसियन बालरोग ,स्त्रीरोग तथा हाडजोर्नी सम्बन्धि विशेषज्ञहरुद्वारा सामुदायमा रहेका व्यक्तिहरु तथा विध्यालयका अबिभावकलाई निशुल्क स्वस्थ्य जाच सेवा तथा नि शुल्क औषधि वितरण गरिएको थियो।निशुल्क स्वास्थ्य शिविरमा १६८ जना मनिसलाइ स्वास्थ्य उपचार सेवा प्रदान गरिएको थियो।
Post a Comment