शिव भट्टराई सुनसरी जेठ ३२ गते । रातो तारा डट कम,
उद्योग बाणिज्य संघ इटहरीको चुनाव नजिकिए सँगै इटहरी ब्यापारीहरुको चुनावीले तातेको छ । पछिल्लो केहि महिना यता ब्यापारीहरु भोट माग्न ब्यस्त छन । चुनाबको माहोलमा इटहरी शैलेष विष्ट समुहको समावेशी समुहले उम्मेदवार घोषणा गरेको छ ।
घोषणा सभामा बोल्दै उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष पदका उम्मेदवार हालका कार्यवहाक अध्यक्ष शैलेष विष्टले ब्यापारीक हकहितमा लाग्ने बताएका छन । कार्यक्रममा बोल्दै विष्टले भने ब्यापारीहरुको हकहितमा सधै लाग्ने छु ।उनले १० लाख सम्मको निशुल्क विमा गराउँने प्रतिबद्धता जनाएका
छन ।
घरधनि र व्यवसायी बीच घरभाडाको सम्झौता उद्योग बाणिज्य संघको रोहवरमा बनाउने र बहाल कर घरधनिले नै तिर्नुपर्ने व्यवस्था मिलाउने समेत बताईएको छ ।
को को छन शैलेश विष्ट समुहका उम्मेदवारहरु ?
शैलेष विष्ट समावेसि टिममा अध्यक्ष शैलेष विष्ट सँगै महिला तर्फ रञ्जु सिग्देल,पुनम थापामगर रहेका छन । बाणिज्यतर्फ टंकप्रसाद खनाल,कमल पौडेल,माधव न्यौपाने,लक्ष्मीप्रसाद धिताल,रितेश श्रेष्ठ,देवराज मादेन,भोलाप्रसाद निरौला,फडिन्द्र मगर र राजेश खनाल रहेका छन ।
त्यस्तै उद्योग तर्फ राजेन्द्र केशरी घिमिरे,वेदनाथ भेटवाल,सुरज आङुगदेम्बे र किशन खेडिया रहेका छन ।त्यस्तै बस्तुगत तर्फ उमानाथ दाहाल,सुरेश कार्की छन भने एसोसिएट तर्फ सुदिप घिमिरे रहेका छन ।
यस्तो छ १९ प्रतिबद्दता :-
#रु. १० लाख सम्मको निःशुल्क बीमा गराउने ।
# फोहोर व्यवस्थापनका लागि व्यवसायीहरूलाई डस्टबिन उपलब्ध गराउने ।
# अडिटरको टिम बनाई कारोबार खातालाई व्यवस्थित गर्न समूहगत रूपमा तालिम सञ्चालन गर्ने । साथै वाणिज्य सङ्घको भवनमा कानुनी परामर्श फाँट स्थापना गर्ने ।
# उद्योग वाणिज्य सङ्घ इटहरी फाउन्डेसन स्थापना गरी भईपरी आउने व्यावसायिक समस्याहरूमा राहत वितरण तथा पुनस्र्थापना गर्न सहयोग गर्ने ।
#इटहरी बजार साप्ताहिक रूपमा बिहीवार वा शनिवारमध्ये एउटै बार बन्द गराउन लागिपर्ने ।
#सोलार लाइट र सी.सी. क्यामेरा निरन्तर रूपमा अन्य व्यावसायिक केन्द्रहरूमा पनि विस्तार गर्दै लैजाने ।
# घरेलु तथा साना उद्योगीहरूका लागि घरेलु औद्योगिक ग्रामको स्थापना गर्ने ।
#पर्यटन र व्यवसाय प्रवद्र्धन गर्न तुरुन्त रात्रिकालीन बजारको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
# घरबहाल सम्झौता उद्योग वाणिज्य सङ्घको रोहबरमा गराउने साथै घरबहाल करसम्बन्धी
समस्याको निरन्तर समाधान गर्ने ।
#स्थानीय रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमार्फत व्यवसायीहरूका लागि करलगायत व्यवसायसँग सम्बन्धित उपयोगी तालिम र कार्यक्रमकोआयोजना सञ्चालन गर्ने । साथै इटहरीका सम्पूर्ण व्यवसायीहरूको डिजिटल रेकर्ड तयार गरिने । चुनावपछि लगत्तै आफ्नै वेबसाइट निर्माण गरी सम्पूर्ण गतिविधिहरूलाई त्यसमार्फत सार्वजनिक गर्ने ।
# खेलकुदमा लाग्नुभएका व्यवसायीहरूको रुचि हेरी खेलकुदसम्बन्धी गतिविधि गर्ने । साथै अन्य प्रतिभा भएका व्यवसायीहरूलाई प्रोत्साहन गर्ने ।
# युवा व्यवसायीहरूको व्यवसाय प्रवद्र्धन तथा समृद्धिका लागि युवा स्वरोजगार कार्यक्रम ल्याउने । युवा व्यवसायी समन्वय समिति गठन गर्ने ।
# उद्यमशील महिलाहरूका लागि उत्पादनमूलक तालिमको व्यवस्था गरी आर्थिक रूपमा सबल गराउने । गृहिणी महिलाहरूका लागि उद्यमशीलता तालिम सञ्चालन गरी स्वरोजगार बनाउन काम गर्ने ।
#प्रत्येक वर्ष महोत्सव तथा एक्सपो, रोजगार मेला, महिला तीज विशेष कार्यक्रम साथै महिला उद्यमीहरूको मेलाको आयोजना गर्ने ।
#उद्योग वाणिज्य सङ्घ इटहरीको विधान पुनर्लेखन गराई निर्वाचनका लागि मात्र व्यवसायी बन्ने गलत प्रक्रिया र परम्पराको अन्त्य गर्दै राजनैतिक छायामुक्त व्यावसायिक सङ्गठन बनाउने ।
# उद्योग वाणिज्य सङ्घ इटहरीको वार्षिक कार्ययोजना क्यालेन्डर बनाई व्यवसायीका घरदैलामा पु¥याउने ।
#उद्योग वाणिज्य सङ्घ इटहरी शाखा कार्यालय तरहरा र खनारको भवन निर्माणमा सहयोग गर्ने साथै पकली क्षेत्रका व्यवसायीहरूका लागि आवश्यकता हेरी सम्पर्क कार्यालय स्थापना गर्न पहल गर्ने ।
# सम्पूर्ण वस्तुगत सङ्घहरूलाई उद्योग वाणिज्य सङ्घको भवनमा कार्यालयका लागि कोठा उपलब्ध गराउने ।
# चौरस्ताको रूपमा रहेको महानगर उन्मुख इटहरी उपमहानगरपालिकामा रहेको उद्योग वाणिज्य सङ्घले प्रादेशिक र केन्द्रीय बजेट तथा आर्थिक नीति निर्माणमा आफ्नो भूमिका खोज्दै प्रभावकारी रूपमा काम गर्ने ।
Post a Comment