काठमाण्डौ जेष्ठ २२ गते । रातो तारा डट कम,आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीले केहि दिन देखि लगातार सर्वसाधारणहरुलाई तर्साउने गरेको हुनाले यसलाई सरकारले हदै सम्मको कार्यवाही हुनु पर्ने जनताले बताउदै आएका छन ।
यो प्रकारको अपराधिलाई प्रहरीले पक्राउ गरेर कानुनी कार्यवाही अगि बढाएको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । क्षेत्रीमाथी विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिनुभयो ।
Post a Comment