Websoft University

प्रदेश नम्बर २ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विजयी


काठमाण्डौ जेष्ठ १९ गते । रातो तारा डट कम,प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिके प्रतियोगितामा प्रदेश नम्बर २ ले दोस्रो जित हात पारेको छ । हिजो भएको खेलमा प्रदेश १ लाई १ सय ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश २ ले दोस्रो जित निकालेको हो । मुलपानी क्रिकट मैदानमा प्रदेश २ ले दिएको २ सय ६६ रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश १ ले २८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४ रन मात्र बनाउन सक्यो  । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो । जितसँगै समूह ‘बी’ को प्रदेश २ ले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । प्रदेश २ ले ३ खेलबाट ४ अङ्क जोडेको छ । प्रदेश १ भने प्रतियोगिताबाटै बाहिरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.