अमृत बास्तोला,तेरथुम-सक्रान्तिबजार,काशबाट पानी पर्दा जमिनमै खस्ने हो । बिहिवार आठराई संक्रान्तिबजार सहित विभिन्न स्थानमा राम्रै बर्षा पर्यो । संक्रान्तिबजारमा खहरे नै बग्यो ।
ढलान गरिएको सडकको रड निस्किएर पासो झै भएको छ । को कतिबेला अल्झिने हो, टुंगो छैन । बजार भित्र खहरे बग्नु, आकाशबाट पानी पर्नु मात्र होइन, ढलको अभाव र प्राथमिकतामा नपर्नु हो ।
आठराई प्रधानमन्त्री केपी अोलीको जन्मथलो पनि हो । समृद्ध नेपालको सपना देख्ने प्रधानमन्त्री अोलीले जन्मथलोलाई समृद्ध बनाउने सपना कहिले देख्लान् ! आठराई नआउने जोकोहीलाई लाग्ला आठराई समृद्ध छ भनेर, तर होइन !
आठराई संक्रान्तिबजारको सडकको अवस्थाले यहाँको सबै विकास निर्माणको पक्षको अवस्था कस्तो छ भनेर संकेत गर्दछ । यो सडक आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजार भित्रको सडक हो ।
अब हेर्नुस् पूरा भिडियो...
Post a Comment