श्याम राई उदयपुर-गाईघाट,असार १ गते ।
रातो तारा डट कम, दिपक गुप्ताको एक गोल मद्धतले आईतबार झापा ११ माथि १– ० को जित निकाल्दै आयोजक उदयपुर– ११ सेमी फाईनलमा प्रवेश गरेको छ ।
छैठौँ उदयपुर गोल्डकप सम्म आईपुग्दा उदयपुर– ११ ले पहिलो पटक जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा अपार दर्शकको साथ पाएको उदयपुर–११ ले पहिलो हाफको शुरुवात मै झापा विरुद्ध गोल गरेर खाता खोलेको थियो ।
३३ औं मिनटमा मैदान छिरेका दिपकले ३८ औं मिनटमा गोल गरेका थिए । किपर केही अगाडी आएको मौका छोपी उनले देब्रे साईटबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
आयोजक उदयपुरले सुरुवातबाट नै पाहुना टोली झापा–११ लाई दबाबमा राख्दै सुनौलो अवसर सृजना गरेको थियो । दोश्रो हाफमा निकै आक्रमक रुपमा प्रस्तुत भएका झापाले गोल गर्ने धेरै अवसर निकालेको भएपनि खेलाडीबीच तालमेल नहुदा हार व्योहोर्नु पर्यो ।
पाँच हजार भन्दा बढी घरेलु दर्शक साथ पाएको उदयपुर–११ को प्रदर्शन निकै राम्रो रहेको थियो । झापा–११ ले २० भन्दा बढी कर्नर प्रहार गर्ने मौका पाएको थियो । उदयपुर गोल्डकप अहिलेसम्म कै सब भन्दा बढी कर्नर प्रहार भएको हो ।
उदयपुर –११ का प्रशिक्षक किरण कार्कीले खेलाडीहरुले सोचे भन्दा राम्रो खेल खेलेकाले सफलता मिलेको बताए ।
‘ खासै तयारी थिएन तर आज घरेलु मैदानमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे ।’ प्रशिक्षक कार्कीले भने,‘ शुरुमा डिफेन्समा रहेर खेल्ने रणनीति परिवर्तन गरेकाले केही हदसम्म फाईदा पुगेको उनले बताए ।’ हामीले जित्ने अपेक्षा पनि लिएका थियौ ।
झापा–११ का प्रशिक्षक जुगल किशोर राईले टिमको ब्याडलक भएकोले हार व्योहोर्नु परेको बताए ।‘ खेलमा राम्रा टिमको पनि हार हुन्छ । राम्रा खेलाडी हुदा हुदै पनि हार
भयो ।’ राईले भने । विपक्षी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे ।
‘ हाम्रो तयारी पनि थिएन । उनीहरुले कुदेर नै जिते ।’ उनले भने ।
प्रतियोगिताको म्यान अफ दि म्याच उदयपुर–११ का दिपक गुप्ता भए । उनले नगद ७ हजार ट्रफि र मेडल प्राप्त गरे । त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले विजेयता टिमका खेलाडीहरुलाई जनही ५ हजार नगर दिएर पुरस्कृत गरे ।
सोमबारको खेल नेपाल प्रहरीको विभागीय टोली र मोरङं फूटबल एकेडेमीबीच हुने छ ।
Post a Comment