यही जेठ ५ गते दुर्घटनामा परेर घाइते भएका दुखनको गोल्डेन अस्पतालमा टाउकोको शल्यक्रिया गरिएको थियो । आईसीयूमा उपचाररत उनको औषधि र उपचार बापतको खर्च समयमा नबुझाएको आरोप लगाउँदै अस्पतालले सत्यनारायणलाई बन्धक बनाएर राखिदिएको जनाइएको छ । घाइते दुखनका सालो पप्पुकुमार दासका अनुसार बोकेको पैसा र मोटरसाइकल खोसेर मान्छे नै बन्धक बनाएर राखिएको हो । आर्थिक अवस्था कमजोर भएको परिवारले खोजखाज गरेर ५८ हजार रुपैयाँ पठाएको र बाँकी पैसा केही दिन भित्रमै तिर्ने तयारी गरेको पप्पुकुमारको भनाइ छ ।
पप्पुकुमारका अनुसार उपचार र औषधिमा लागेको सबै पैसा नतिरेसम्म बन्धक बनाइएकालाई नछाड्ने अडान अस्पतालले लिएको छ । अस्पतालका प्रशासकीय अधिकृत सन्तोश मेहताले दुखनको उपचारमा लागेको मध्ये २ लाख ६० हजार भारतीय रुपैयाँ तिर्न बाँकी रहे पनि १ लाख छुट गरेर १ लाख ६० हजार मात्रै माग गरिएको बताउनु भयो । उपचारमा लागेको पैसा बुझाउन परिवारका सदस्यले आलटाल गरिरहेको तर अस्पतालले कोही कसैलाई बन्धक नबनाएको उहाँको भनाइ छ । अनलाइन बाट
Post a Comment