Websoft University

घुर्मि बजारमा पहिलो पटक कर शिविर र कर शिक्षा संचालन


श्याम राई -उदयपुर ,गाईघाट,जेष्ठ २० गते । रातो तारा डट कम,करदाता सेवा कार्यालय गाईघाटले उदयपुरको कटारी नगरपालिका–१४ स्थित घुर्मि बजारमा पहिलो पटक कर शिविर तथा कर शिक्षा संचालन गरेको छ ।

शुक्रबार र आईतबार  भएको दुई दिने शिविरमा ४८ जनाले व्यावसाय दर्तागरि प्यान नम्बर लिएकाछन् भने १ जनाले भ्याट दर्ता, ८ जनाले व्यक्तिगत प्यान, ६ जनाले अन्तशुल्क ईजाजत लिएको र १ जनाले कर चुक्ता लिएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले बताए ।

‘ कर समृद्ध नेपाल, खुसी नेपालीको भर’ भन्ने मुल नाराका साथ कार्यालयले जिल्लाको विभिन्न स्थानमा कर शिक्षा संचालन गर्दै आएको छ । शिविर संचालनबाट व्यावसायी र उद्यमीहरु उत्साहित बनेकाछन् । सेवा कार्यालयले यस्तो शिविर संचालन गर्दा सेवाग्राहीले घर दैलो बाटै सेवा लिन पाएको प्रमुख बढाथोकीले बताए ।

अभियानलाई निरन्तरता दिन अभियान संचालन भई सकेको स्थानमा अनुगमन कडाईको साथ गरिने उनले बताए ।
बजार अनुगमनलाई जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवाला निकायसँग सहकार्यमा संयुक्त अनुगमन गरिने उक्त कार्याले जनाएको छ ।

करदाता शिक्षा तथा कार्यालयले जिल्लाको ४ स्थानमा  अन्तरक्रिया गरिसकेको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा २५ प्रतिशत बढी कर उठ्ने अनुमान गरिएको छ । गत वर्ष करिब ३० करोड कर संकलन भएकोमा चालू आर्थिक वर्षको १० महिना नै साउनदेखि बैशाख मसान्त सम्म २८ करोड ९५ लाख ५ हजार रुपैया कर संकलन गरिएको उक्त कार्यालयले जनाएको छ ।




                   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.