फायल फोटो,
काठमाण्डौ जेष्ठ २१ गते । रातो तारा डट कम,सिंजा गाउपालिकाले गाउँपालिका भित्रका १२ ओटा विद्यालयहरुलाइ निशुल्क सौर्य बत्ती बितरण गरेको छ । सिंजा गाउँपालिकामा जनतासंग अध्यक्ष कार्यक्रम अन्तर्गतका कक्षा ८, ९ र १० सम्म संचालन गरेका विद्यालयहरुलाइ निशुल्क सौर्य बत्ती बितरण गरिएको हो ।
गाउँपालिकामा जनतासंग अध्यक्ष कार्यक्रम अन्तर्गतका १२ ओटा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ का ७ सय ५, कक्षा ९ का ३ सय २१ र १० का ३ सय १५ ओटा गरी जम्मा १ हजार ४१ ओटा विद्यार्थीहरुलाई सौर्य बत्ती वितरण गरिएको सिंजा गाउपालिका जुम्लाका प्रमुख देवलसिंह रावलले जानकारी दिनु भयो । विद्यार्थीहरुलाई पढाइमा सहयोग गर्न सोलार बत्ती वितरण गरिएको रावलले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार सिंजा गाउँपालिका वडा नम्वर २ मा पर्ने मालीका माध्यमिक विद्यालयवाट सबैभन्दा बढी २ सय ४२ जना विद्यार्थी र सबै भन्दा कम ६ नम्वर वडाको माध्यमिक विद्यालय जोडु बाट ९५ जना विद्यार्थीहरु रहेको अधिकृत पदमवहादुर भण्डारीले जानकारी दिनु भयो ।
दुई वटा बल्व, एउटा पाता, व्याट्री सहित १० वाटको सोलार बत्ती विद्यार्थीलाइ बितरण गरिएको र यसले बत्तीको समस्या भएका विपन्न विद्यार्थीहरुलाइ ठुलो राहत मिलेको भण्डारीले बताउनु भएको छ । गाउँघरमा बत्ती नहुने भएकाले सौर्य बत्ती टुकीले गृहकार्य गर्न तथा अध्ययनमा सहयोग मिल्ने भन्दै विद्यार्थीहरु खुशी भएकाछन् ।
Post a Comment