महानगरीय प्रहरी परिसर काठमाडौंले महिलामाथि भएका शृंखलाबद्ध आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्कीलाई गए राति १० बजे महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रामेछाप घर भएका महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी तीखो वस्तुले घोच्दै हिँडेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।
कार्किले ‘सिरिन्ज’ले आक्रमण नगरी किलाले आक्रमण गरेको बयान प्रहरी समक्ष दिएका छन् । कुनै रोग सार्न नभइ आफ्नो रमाइलोका लागि सिरिन्जले नभइ सुरुमा काठको सुइरो र पछि ढलान किलाले घोच्ने गरेको बयान दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले जानकारी दिनुभयो ।
Post a Comment